३० असार २०८३, मंगलबार | July 14, 2026

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन



पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको समयमा सङ्घीय सरकारबाट बजेट विनियोजन भई पाल्पा अस्पतालमा निमार्ण गरिएको अक्सिजन प्लान्ट केही वर्षयता बिग्रिएर थन्किएको थियो । अहिले प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन अभावको समस्या समाधान हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । यसअघि यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल, भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो ।

जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पतालका साथै सबै बिरामीलाई सजिलो भएको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीले बताए । प्लान्ट सञ्चालनपछि पाल्पा अस्पतालमा भर्ना हुने बिरामी मात्र नभई लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल तथा जिल्लाका निजी मेडिकल र क्लिनिकहरूलाई समेत अक्सिजन सिलिण्डर आपूर्ति गर्न सहज हुने उनले विश्वास व्यक्त गरे ।

जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । प्लान्टमा अक्सिजन सिलिण्डर सानोको रु तीन सय ५० र ठूलाको रु छ सय ५० सम्ममा खरिदबिक्री हुँदै आएको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले जानकारी दिए । जिल्लामा अक्सिजन उत्पादन हुँदा यहाँका अस्पतालहरूको ढुवानी खर्च र समयको बचत समेत हुने उनको भनाइ छ ।

पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दो बनाउन अक्सिजन प्लान्ट महत्वपूर्ण रहेको समितिका अध्यक्ष कर्माचार्यले बताए । उनले भने, “अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।”

अक्सिजन प्लान्ट सञ्चालन भएसँगै अस्पतालले आगामी वैशाख दोस्रो साताभित्र शल्यक्रिया सेवा सुरु गर्ने योजना बनाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र पौडेलले बताए । सङ्घीय सरकारअन्तर्गत अर्थ मन्त्रालयले विसं २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो ।

सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरी प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै रु २६ लाख लागतमा भवन निर्माण गरिएको छ । कोभिडका बेला प्लान्ट सञ्चालनमा आउँदा सहज भए पनि त्यसयता बन्द भएपछि दीर्घरोगीहरूमर्कामा पर्दै आएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ५ : १३ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस