२० मंसिर २०८२, शनिबार | December 6, 2025

जिएमइ रेमिट र जिसिसि रेमिट बिच विप्रेषण सम्झौता



काठमाडौ । विदेश स्थित रेमिटान्स कम्पनी जिसिसि रेमिट र जिएमइ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ ।

उक्त सम्झौतामा जिएमइ रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र जिसिसि रेमिटको तर्फबाट संचालक यश राजेशले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

युएईमा रहेको जिसिसि रेमिटको ५ ओटा शाखाहरुका साथै बेलायत, यूरोप र अन्य देशहरुमा रहेका नेपालीहरुले जिसिसि रेमिटको सेवा प्रयोग गरी जिएमइ रेमिटको माध्यमबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सक्नेछन् ।

नेपालमा जिएमइ रेमिट सँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट जिसिसि रेमिट मार्फत पठाएको रकम सजिलै भुक्तानी लिन सकिने र सहि समयमा नेपालको जुनसुकै बैंकको खातामा जम्मा भई तुरुन्तै रकम झिक्न मिल्ले ब्यवस्था रहेकोछ । साथै मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध छ ।

जिएमइ रेमिट प्रा.लि ले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

 

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ३२ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय