५ श्रावण २०८३, मंगलबार | July 22, 2026

दीप बोर्डिङमा अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न



बुटवल । दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा साउन ९ गते शनिबार अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

जुम एप मार्फत् भर्चुअल रूपमा सम्पन्न प्रतियोगितामा दीप बोर्डिङ हाई स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरूका ४० जना अभिभावकहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रतियोगीहरूले शिक्षा, लैङ्गिक समानता, नैतिक अनुशासन, संस्कार, प्रविधिले निम्त्याएका विकृति, आमाको महत्व, देशको स्वाधीनताप्रतिको चिन्ता, कोरोना महामारी लगायत समसामयिक विषयवस्तुमा कविता वाचन गरेका थिए ।

प्रतियोगितामा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बालबालिकाका प्रथम गुरु आमाबुबाको सम्मान र विद्यार्थीहरूलाई अभिभावकको सक्रियता मार्फत् सिकाइ र अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले विद्यालयले कोरोना महामारीको विषम परिस्थितिमा पनि विद्यार्थीहरूलाई अनलाइनका माध्यमबाट नृत्य, गायन, कविता वाचन, वक्तृता, चित्रकला जस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

प्रतियोगितामा रञ्जु गौतम घिमिरे प्रथम, विमला अर्यालले द्वितीय र सुन्दर तरामुले तृतीय स्थान हासिल गरेका छन भने प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजारका साथ प्रमाणपत्र प्राप्त गर्नेटन् । प्रतियाेगितामा विजयी अभिभावकहरुलाई विद्यालयमा विशेष कार्यक्रम मार्फत पुरस्कार वितरण गरिने कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले बताए ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले सभाध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको विशिष्ट आतिथ्यता, उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्य त्रय ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य, प्लस टु संयोजक वसन्त कुमार जोशी लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत बुटवल बहुमुखी क्याम्पसमा अध्यापनरत प्रा.डा. हिरण्यलाल ज्ञवाली, उप प्राध्यापक कलाधर अर्याल र सरस्वती संस्कृत क्याम्पसका प्राचार्य बालकृष्ण पाठकले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ५० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं