२१ माघ २०८२, बुधबार | February 4, 2026

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल



काठमाडौं । कर्णाली राजमार्गमा मात्र पछिल्ला ४ वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि शुरू भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो संख्यामा पुलको निर्माण सम्पन्न भएको हो ।

सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रम अन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिए । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ ।

महानिर्देशक थापाका अनुसार सो राजमार्गको माटे खोला, तीला खोला, कुवा खोला, लुम्चडी खोला, गुहेगाड खोला, काले खोला, पाल्तडा खोला, कानेगाड खोला, दही खोला, छिडेना खोला, सिँजा खोला र पातले खोलामा पुल निर्माण सम्पन्न भएका छन् ।

ती पुलहरूको निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा विभिन्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करीब ४३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएका ती पुल २ लेनका छन् ।

तीला खोलाबाहेकका पुलको निर्माण २०७४ जेठदेखि निर्माण शुरू भई गत आर्थिक वर्षको माघभित्रमा नै सम्पन्न भएका हुन् । तीला खोलाको पुल निर्माणका लागि २०७५ सालमा सम्झौता भई यस वर्षको जेठमा सम्पन्न भएको थियो । १ दशकअघि २०६३ चैत महिनाको ३० गतेदेखि सञ्चालनमा आएको कर्णाली राजमार्गको कूल लम्बाइ २३२ किलोमिटर रहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको राजमार्गको सुर्खेत-जुम्ला राजमार्ग नामकरण गरिएको थियो । अहिले मुलुकभरि १ हजार ५०० नयाँ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : १२ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल