१ पुस २०८२, मंगलबार | December 16, 2025

साझा कार्यक्रममा केन्द्रित हुँदै सत्ता गठबन्धन



काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलका दुईवटा बैठकले नयाँ सरकारले जनहितमा गर्न सक्ने कामको खाका तयार गरेको हो ।

सरकार सञ्चालन, मन्त्रालय भागबन्डासहितका न्यूनतम कार्यक्रमका विषयमा प्रारम्भिक खाका तयार गरेको कार्यदलले केही दिनभित्र त्यसलाई पूर्णता दिने तयारी गरेको छ । सरकारको साझा कार्यक्रमसहित मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा पाँच दलीय गठबन्धनका नेताहरू सक्रिय छन । सोही क्रममा शनिबार साँझ पाँच दलीय कार्यदलले शीर्ष नेताहरूलाई सरकारको साझा कार्यक्रम निर्माणसहितका विषयमा अहिलेसम्म गरेका कामको जानकारी गराएका छन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी बैठकमा कार्यदलका संयोजक खड्काले कार्यदलले गरेको कामको ब्रिफिङ गरेका हुन ।

कार्यदलले तयार गरेको प्रस्तावमा शीर्ष नेताहरूले केही विषय संशोधन र थप गर्न कार्यदललाई सुझाएका छन । कार्यदलका दुईवटा बैठकले गरेको कामका विषयमा शीर्ष नेताहरूलाई ब्रिफिङ गर्ने काम भएको जानकारी दिँदै संयोजक खड्काले भने, ‘शीर्ष नेताहरूले जनहितमा सरकारले काम गर्नुपर्ने र त्यसका लागि प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।’

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि गठबन्धनको बैठकमा सहभागी हुन छाडेका एमाले नेता माधवकुमार नेपाल पनि सहभागी भए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : २७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज