२१ माघ २०८२, बुधबार | February 4, 2026

२० वर्ष पुराना गाडी चलाउन पाउनु पर्ने माग राख्दै यातायात व्यवसायीहरु आन्दोलनमा



काठमाडौं । २० वर्ष पुराना सवारी साधन चलाउन पाउनुपर्ने माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौमा प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले २० वर्ष पुराना सवारी हटाउने म्याद बढाउन माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका यातायात व्यवसायीले लगानी समेत राम्रोसँग उठन नपाउँदै गाडी काट्नु पर्ने नियमले यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा परेको गुनासो गरेका छन् । लकडाउन र निषेधाज्ञाका कारण ४ लाख यातायात व्यवसायी, यसमा आश्रित ९ लाख स्वरोजगार श्रमिक कर्मचारी र उनका परिवार प्रभावित भएको आन्दोलनरत महासंघका पदाधिकारीहरुले बताएका छन् ।

लामो समय ग्यारेजमा थन्काएका गाडीको मर्मतमा समेत सरकारले आर्थिक सहयोग गर्नुपर्ने उनीहरूको माग छ । सरकारले कोरोनाबाट प्रभावित व्यवसायीहरूलाई राहत दिनुपर्ने समेत आन्दोलनकारीको माग छ ।

पुराना गाडीका कारण अत्याधिक दुर्घटना बढेपछि सरकारले २० वर्ष पुरानो सार्वजानिक यातायात संचालनमा रोक लगाएको छ । कतिपय यातायात व्यवसायी आवद्ध संस्थाहरुले २० वर्ष पुगेर गाडी हटाउनु पर्दा राहत प्याकेज पनि दिने गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १ : ०६ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य