४ पुस २०८२, शुक्रबार | December 20, 2025

२० वर्ष पुराना गाडी चलाउन पाउनु पर्ने माग राख्दै यातायात व्यवसायीहरु आन्दोलनमा



काठमाडौं । २० वर्ष पुराना सवारी साधन चलाउन पाउनुपर्ने माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौमा प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले २० वर्ष पुराना सवारी हटाउने म्याद बढाउन माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका यातायात व्यवसायीले लगानी समेत राम्रोसँग उठन नपाउँदै गाडी काट्नु पर्ने नियमले यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा परेको गुनासो गरेका छन् । लकडाउन र निषेधाज्ञाका कारण ४ लाख यातायात व्यवसायी, यसमा आश्रित ९ लाख स्वरोजगार श्रमिक कर्मचारी र उनका परिवार प्रभावित भएको आन्दोलनरत महासंघका पदाधिकारीहरुले बताएका छन् ।

लामो समय ग्यारेजमा थन्काएका गाडीको मर्मतमा समेत सरकारले आर्थिक सहयोग गर्नुपर्ने उनीहरूको माग छ । सरकारले कोरोनाबाट प्रभावित व्यवसायीहरूलाई राहत दिनुपर्ने समेत आन्दोलनकारीको माग छ ।

पुराना गाडीका कारण अत्याधिक दुर्घटना बढेपछि सरकारले २० वर्ष पुरानो सार्वजानिक यातायात संचालनमा रोक लगाएको छ । कतिपय यातायात व्यवसायी आवद्ध संस्थाहरुले २० वर्ष पुगेर गाडी हटाउनु पर्दा राहत प्याकेज पनि दिने गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको