४ पुस २०८२, शुक्रबार | December 20, 2025

निर्मला पन्तको हत्यारालाई पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार पछि हत्याका दोषीलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । उनको हत्या भएको तीन वर्ष पुगिसक्दा पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

हत्या भएको तीन वर्ष पुगेको दिन आज प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

देउवाले सामाजिक संजालमार्फत जानकारी दिँदै आफूले आज गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको जनाएका हुन् ।

तीन वर्ष अघि आजकै दिन बेपत्ता भएकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । उनको शव उखुबारीमा भेटिएको थियो ।

प्रहरीको लापरबाहीका कारण उनको बलात्कार र हत्याको अनुसन्धान पनि प्रभावकारी नभएको भन्दै बिरोध भएको थियो । निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि भएको अनुसन्धान अहिलेसम्म सबैभन्दा महंगो मानिएको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको