९ चैत्र २०८२, सोमबार | March 23, 2026

निर्मला पन्तको हत्यारालाई पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार पछि हत्याका दोषीलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । उनको हत्या भएको तीन वर्ष पुगिसक्दा पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

हत्या भएको तीन वर्ष पुगेको दिन आज प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

देउवाले सामाजिक संजालमार्फत जानकारी दिँदै आफूले आज गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको जनाएका हुन् ।

तीन वर्ष अघि आजकै दिन बेपत्ता भएकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । उनको शव उखुबारीमा भेटिएको थियो ।

प्रहरीको लापरबाहीका कारण उनको बलात्कार र हत्याको अनुसन्धान पनि प्रभावकारी नभएको भन्दै बिरोध भएको थियो । निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि भएको अनुसन्धान अहिलेसम्म सबैभन्दा महंगो मानिएको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : ५६ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा