३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा आजबाट ३९ बेडको सुविधा सम्पन्न क्याविन सेवा



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजबाट ३९ बेडको सुबिधा सम्पन्न क्याविन सेवा थप गरिएको छ । अस्पताल विकास समितिले अस्पताकै श्रोतबाट निर्माण गरेको भवनमा बुधबारदेखि औपचारिक रुपमा सेवा दिन शुरु गरिएको छ ।

४५ कोठा रहेको भवनमा सेवाग्राहीका लागि ३९ वटा बेड छुट्याईएको र बाँकी ६ वटा क्षविनमा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि सेवा थप गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र खनालले जानकारी दिए । सुबिधा सम्पन्न क्यउाविन नभएका कारण निजी अस्पतालमा उपचार सेवा लिने गरेका विरामीहरु पनि अव प्रादेशिक अस्पतालबाट सेवा लिन सक्ने डा. खनालले बताए ।

३ करोड ९९ लाखमा निर्माण भएको भवनमा क्याविन सेवाको अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले उदघाटन गरेका थिए । उनले उद्घाटन कार्यक्रममा बोल्दै अस्पतालमा विशिष्ट सुविधासहितको सेवामा नयाँ आयाम थपिएको उल्लेख गरे ।

थप गरिएको क्याविन सेवामा न्यूनतम १ हजार ५ सयदेखि ४ हजारसम्मका विभिन्न स्तरका सेवासहितको बेड उपलब्ध रहेको अस्पतालले जनाएको छ । क्यविन सेवामा एसी डिलक्स, एट्याच ट्वाइलेट बाथरुप लगायतका सेवाहरु रहेका छन् ।

यस अघि अस्पतालले १४ क्याविन सहित ३०० बेडबाट सेवा दिँदै आएको थियो । लुम्बिनी अस्पतालमा २० वटा आईसीयू कोरोना संक्रमितलाई छुट्याइृएको छ भने बाँकी संरचनामा नन कोभिड बिरामीहरुको उपचार चलिरहेको छ । नयाँ संरचनामा बेड र क्याविन थपिएसँगै अस्पतालको क्षमता ३७५ वेड पुगेको छ । अस्पतालमा दैनिक हजार बढी सेवाग्राहीले सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : ५८ बजे

फ्रान्सका प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु, २ हजार ५०० भन्दा बढी पक्राउ

पेरिस । सप्ताहान्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सका अधिकारीहरूले

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र

अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा

सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथाङ्का सडकखण्ड सोमबार

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तलेजु भवानी मन्दिर आज बिहान ५ देखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको