१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

चिनियाँ समकक्षी ली खछ्याङले दिए प्रधानमन्त्री देउवालाई बधाई, रणनीतिक साझेदारीलाई नयाँ उचाईमा पु-याउने विश्वास



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षीले बधाई सन्देश पठाएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनपछि चिनियाँ समकक्षी लि खछ्याङले देउवालाई बधाई सन्देश पठाएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ली खछ्याङले देउवालाई बधाई सन्देश पठाएको जानकारी गराएकी छिन् ।

बधाई सन्देशमा प्रधानमन्त्री ली ले नेपाली समकक्षीसँग मिलेर दुई देशबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाईमा पुर्याउन चाहेको बताएका छन् ।

प्रधानमन्त्री खछ्याङले कोरोना महामारीको चुनौतिहरू पार गर्न, उच्चगुणस्तरीय बीआरआई परियोजना प्रवर्द्धन गर्न, पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र दुई देशको रणनीतिक साझेदारीलाई निरन्तरता दिनको लागि मिलेर काम गर्ने अपेक्षा गरेकाे चिनियाँ समातरचार संस्था सिन्ह्वाले जनाएको छ । 

नेपाल र चीनबीच उच्चस्तरको मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको छ । नेपालाई सहायता गर्ने मुलुकमा चीन सबैभन्दा अगाडि छ । कोरोना भाइरसको महामारी विरुद्धको लडाईंमा सघाउन चीनले नेपाललाई ३४ लाख डोज कोरोना खोप उपलब्ध गराएको छ । यसमध्ये १८ लाख डोज खोप नेपाल आइसकेको छ । चीनले यसबाहेक कैयौं स्वास्थ्य सामाग्री र उपकरणहरु समेत सहायता गरेको छ ।

नेपालको सबैभन्दा ठूलो विकास साझेदार मुलुक हो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : १७ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता