१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सरकारमा सहभागी हुन नेपालमाथि दबाब



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक-पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् ।

बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका थिए ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए । उनले भने, ‘हामी सरकारमा जान्छौं, केही कानुनी कुरामा केही समय लागेको मात्र हो, सरकारमा सहभागी हुने विषयमा कानुनविद्सँग पनि परामर्श भइरहेको छ ।’ संविधान र संसद् बचाउनका लागि देउवालाई प्रधानमन्त्री बनाइसकेका अवस्थामा आफूहरू सरकारमा सहभागी नहुने भन्ने प्रश्न नै नभएको उल्लेख गर्दै चौधरीले भने, ‘हामी सरकारमा जान्छौं, सरकारमा सहभागी हुने विषयमा २२ सांसदको एउटै मत छ ।’

वरिष्ठ नेता नेपाल भने पार्टीभित्र एकताको प्रयास जारी रहेकाले तत्काल सरकारमा सहभागी नहुने अडानमा रहेका छन । तर, नेपाल पक्षीय कतिपय सांसद भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । सांसद चौधरीका अनुसार बैठकमा एमाले संसदीय दलको नेतासमेत फेर्नुपर्ने माग उठेको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बूढानीलकण्ठमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहभागी नेपाल समूहका नेता विजय पौडेलले तत्काल सरकारमा सहभागी नहुने जानकारी गराएका थिए । नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब दिँदै आएका छन ।

सत्तारूढ गठबन्धनले नेपाल समूहकै पर्खाइमा सरकार बनेको दुई साता बितिसक्दा समेत मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन । देउवा नेतृत्वको सरकार बनाउने निर्णायक भूमिका निर्वाह गरेको नेपाल समूहले प्रतिनिधिसभामा फ्लोर क्रस गर्दै २२ जना सांसदले विश्वासको मत दिएका थिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुने÷नहुने विषयमा नेपाल समूहले ठोस निर्णय गर्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ७ : १४ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल