१५ माघ २०८२, बिहिबार | January 29, 2026

जसपाद्वारा ३ जना प्रदेशसभा सदस्यलाई निस्काशसनको पत्र लुम्बिनी प्रदेशसभा सचिवालयमा दर्ता



बुटवल । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभामा रहेका आफ्ना तीन जना सदस्यलाई निस्काशन गरेको पत्र प्रदेशसभामा दर्ता गरेको छ ।

जसपा कार्यकारिणी समितिको बैठकले पार्टीको अनुशासन उल्लंघन गरेको अभियोमा तीन जना प्रदेशसभा सदस्यलाई निस्काशन गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको हो । जसपा प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवले हस्ताक्षर गरको पत्रमा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई निश्कासन गरेको जानकारी गराइएको छ ।

जसपाले निस्काशन गरिएको पत्रसँगै गत असार ३ गतेको कार्यकारिणी समिति बैठकको निर्णय र प्रदेशसभा सदस्यहरुलाई सोधेको स्पष्टीकरण पत्रको प्रतिलिपि, साउन १२ गतेको कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि र असार ५ गते पार्टीको आधिकारिक इमेल र ६ गते हुलाकबाट पठाइएको पत्रको प्रतिलिपि पनि प्रदेशसभा सचिवालयलार्य उपलब्ध गराएको छ ।

जसपाको महन्थ ठाकुर पक्षमा रहेका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले सरकारबाटै राजीनामा दिएर पार्टीको निर्देशन अनुसार चल्ने प्रतिवद्धता जनाएका कारण उनलाई कारवाही गरिएको छैन । पाण्डेय, यादव र पाण्डे हाल शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका छन् ।

लुम्बिनीका विपक्षी दलहरुले पोखरेल सरकार अल्पमतमा रहेको भन्दै तत्काल राजीनामा दिन या विश्वासको मत लिन चुनौती दिइरहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ३ : २८ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण