१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने



धनुषा । निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए ।

त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाए र विभागको आपतकालीन कोषबाट ५० लाख रुपैयाँ निकासा गरी नदीको कटान रोक्न निर्देशन दिए ।

तत्काल काम शुरू भयो तर निरन्तर कटान नरोकिएको खबर आएसँगै मन्त्री भुसालले बिहीवार स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्रालयका सिँचाइ सचिव मणिराम गेलाल र विभागका महानिर्देशक राजभण्डारीसहित धनुषाको सबैला नगरको ढोलबज्जा पुगेका मन्त्री भुसालले निरीक्षणपछि पहाडमा भूक्षय गएको र त्यहाँबाट बगेर आएको गेग्रान थुप्रिँदा जमिनको सतह माथि उठेको बताए ।

मन्त्री भुसालले तत्काल ‘अन द स्पट’ आपतकालीनरूपमा कटान रोक्ने तर दीर्घकालीन समाधानका लागि सिन्धुली, धनुषा र सिरहा जिल्लालाई ध्यान दिएर गुरुयोजना बनाउने बताए ।

विक्रम संवत् २०१९ सालमा भारतीय सरकारको सहयोगमा बनाइएको तटबन्ध पछिल्ला वर्षमा कमला नदीले कटान गर्दा किरतपुरका जनता निदाउन पाउँदैनन् । किरतपुरमा २०० मिटरभन्दा बढी क्षेत्र नदीले कटान गरेको छ भने त्यसकै तल पठेर्वामा १५० मिटर क्षेत्र कटान गरेको छ । ती क्षेत्रमा आपत्कालीन कोषबाट बाँस तथा फलामका खम्बा गाडेर माटोका बोराले अस्थायी तटबन्ध बनाएर कमलाको कटान रोक्ने प्रयास भइरहेको छ ।

निरीक्षणकै क्रममा सरकारले मर्मतसम्भारका लागि बजेटसमेत काटेको भन्दै स्थानीयले गुनासो गरेपछि मन्त्री भुसालले भने, ‘पहिलो चरणमा मैले आपत्कालीन मर्मतका लागि ५० लाख पठाएको थिएँ, थप २० लाख रुपैयाँ पनि यो कटान नियन्त्रणका लागि निकासा गरेको छु ।’

कमलाले बर्सेनि दुःख दिने गरेकाले दीर्घकालीन समाधानका उपाय खोजिने उनले बताए । मन्त्री भुसालले भने, ‘कटान नियन्त्रणका लागि टालटुल गरेर हुँदैन, संघकै योजनामा राखेर दीर्घकालीन समाधान खोज्नुपर्छ ।’

उनले प्राविधिक र वित्तीय दुवै तवरले कमलाको कटान रोक्न गुरुयोजना बनाएर नदीको वारिपारि राम्रो बाँध, करिडोर, वृक्षरोपण गर्ने सोच बनाइने बताए । नदी कटान रोकेर जमिन उकास हुने र त्यो जग्गा भूमिहीनलाई दिने उनको भनाइ छ ।

कटान निरीक्षणपछि ऊर्जा सचिव गेलालले भारतको सहयोगमा बनाइएको तटबन्ध निरन्तर कटानबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्रमार्फत भारतको सम्बन्धित निकायलाई जानकारी गराएको बताए । नदी कटान निरन्तर बढ्दै गए नेपालका मात्र होइन, भारतका बस्तीसमेत जोखिममा पर्नेछ ।

आव २०७४र७५ सम्म कमला नदी नियन्त्रण आयोजनालाई भारतले सहयोग गर्दै आएको थियो । पछिल्लो समय आपत्कालीन कार्यका लागि बजेट नहुँदा सम्भावित क्षति न्यूनीकरण प्रभावित हुँदै आएको छ ।

आयोजनाका प्रमुख एकराज भट्टराईले कमला नदीको कटान नियन्त्रणका लागि आर्थिक स्रोत कमी भएको बताए । कटान नियन्त्रण प्रयासबारे जानकारी गराउँदै उनले १०० सुरक्षाकर्मीले ३ दिनसम्म काम गरेको र केही नियन्त्रण गर्न सफल भएको बताए ।

निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादवले विक्रम संवत् २०१९ सालमा भारतको सहयोगमा तटबन्ध निर्माण भएको र त्यसपछि कटान भए मात्र हेर्ने गरेकाले बर्सातको बाढीपछि समस्या हुँदै आएको बताए । उनले आपत्कालीन कोषबाट प्राप्त ७० लाखले तत्काल नियन्त्रण गर्ने र दीर्घकालीनरूपमा समाधान खोजिने बताए ।

लगातार क्षति बढ्दै गए नेपाल मात्र नभई भारतमा पनि असर पर्ने भएकाले त्यसबारे भारतलाई जानकारी गराइसकेको उनको भनाइ छ । सांसद यादवले दीर्घकालीन समस्या समाधान गर्न सकिए हजारौं हेक्टर जमिन उकास हुने र आर्थिक क्षेत्रमा सहयोग पुग्ने बताए ।

यस वर्षको कटान सिरहातर्फ छाडेर धनुषातर्फ आएकाले आपत्कालीन काम भइरहेको जानकारी दिँदै विभागका महानिर्देशक राजभण्डारीले तीन किलोमिटर पक्का तटबन्ध बनाउनुपर्ने आवश्यक देखिएको बताए । मन्त्रीको निर्देशनानुसार दीर्घकालीन गुरुयोजना बनाएर अगाडि बढ्ने र तत्कालका लागि कटान रोक्न आवश्यक साधन, स्रोत उपलब्ध गराउने उनको भनाइ थियो ।

कमला नदीको प्रकृति अस्थिर भएकाले पनि समस्या हुँदै आएको छ । यद्यपि आयोजना प्रमुख भट्टराईका अनुसार गत आर्थिक वर्षमा कमला नदी नियन्त्रणका लागि गरिएका गतिविधिबाट सिन्धुली, धनुषा र सिरहाका १ लाख १५ हजार जनता लाभान्वित भएका छन् । २७ हजार ९५ हेक्टर जग्गा उकास भएको छ । रासस

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ५१ बजे

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका