२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक प्रिमियम बेकरी सञ्चालन



बुटवल । नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तर, आधुनिक प्रविधि र नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यसहित ड्याडिज ग्रुपले बुटवलबाट ‘ड्याडिज केक प्रिमियम बेकरी’को सफ्ट ओपनिङ गरेको छ ।

करिब ६ करोड रुपैयाँको कुल लगानीमा स्थापना गरिएको बेकरीले फ्रेन्च बेकरी परम्परा, आर्टिजन बेकिङ र आधुनिक प्रविधिको संयोजनमार्फत विभिन्न बेकरी उत्पादन बजारमा ल्याएको छ ।

ड्याडिज केकले उत्पादनको गुणस्तर कायम राख्न आधुनिक इटालियन बेकरी मेसिनरी तथा उपकरण प्रयोगमा ल्याएको छ । फ्रेन्च बेकरीमा प्रयोग हुने टी ४५ र टी ५५ ग्रेडको पीठो तथा रे-फ्लवरजस्ता कच्चा पदार्थ प्रयोग गरिने ड्याडिज किचेनका सञ्चालक कमलजंग कुँवरले जानकारी दिए ।

उनका अनुसार बेकरीका उत्पादनमा अनावश्यक कृत्रिम सामग्रीको प्रयोग नगरी दूधबाट बनेको वास्तविक बटर, प्राकृतिक फलफूल, नट्स, प्राकृतिक रङ तथा ग्लेजिङलाई प्राथमिकता दिइएको छ ।

बेकरी र क्याफे संस्कृतिलाई एकीकृत गर्दै ड्याडिज केकले बुलेन्जरी, भिएनोइजेरी, विभिन्न प्रकारका पेस्ट्री, चिजकेक, सिग्नेचर केकसँगै कफी, मकटेललगायत विशेष पेय पदार्थ उपलब्ध गराउने जनाएको छ ।

यस परियोजनामार्फत हाल ६० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । स्थानीय बेकर तथा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नै अनुसन्धान तथा विकास टोलीमार्फत उत्पादनको स्वाद र बनावटमा निरन्तर सुधार गरिने सञ्चालक कुँवरले बताए ।

कम्पनीले आगामी एक वर्षभित्र रुपन्देही जिल्लामा १८ वटा मिनी आउटलेट सञ्चालनमा ल्याउने योजना बनाएको छ । त्यसपछि पोखरा र काठमाडौंमा समेत आउटलेट विस्तार गर्ने तथा निकट भविष्यमै २४ सै घण्टा सेवा उपलब्ध गराउने रणनीति रहेको कम्पनीले जनाएको छ ।

ड्याडिज ग्रुपले रेस्टुरेन्ट, अटोमोबाइल, रियल इस्टेटलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । ग्रुपका अनुसार हालसम्म यसका विभिन्न व्यवसायमार्फत १ हजार २ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ३ : ०५ बजे

हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नको जवाफ देऊ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गिरफ्तारीको हल्ला चलाएर

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक प्रिमियम बेकरी सञ्चालन

बुटवल । नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तर, आधुनिक प्रविधि

सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन रास्वपा सभापति लामिछानेले गरे कामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

काठमाडौं । यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा