९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

पदबहाली गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले भने – संविधानभन्दा माथि कोही छैन



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले संविधान भन्दा माथि कोही नभएको बताएका छन् ।

शुक्रबा बुटवलमा पदबहाल गर्दै प्रदेशप्रमुख शेरचनले संविधानले दिएको अधिकार भन्दा बाहिर कोही पनि नरहेको बताएका हुन् । शेरचनले आफुले आफुले पनि त्यहिँभित्र बसेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल सरकारको सिफारिस र राष्ट्रपतिको नियुक्ति पाएर लुम्बिनी प्रदेश आउने मौका पाएको बताउँदै शेरचनले कसैले पनि संविधान नाघेर हिँड्ने अवस्था आउन दिन नहुने जिकिर गरे । उनले शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने प्रतिवद्धता जनाए । उनले विवादित काम नगर्ने प्रतिवद्धता समेत जनाए ।

प्रदेश प्रमुख शेरचनले आफुले कहिल्यै कसैसँग पद नमागेको स्पष्ट पारे । गण्डकीका पूर्व प्रदेशप्रमुख भएका शेरचनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बर्खास्त गरेकी थिइन । सो अवस्थाबारे स्मरण गर्दै शेरचनले यतिबेला पुनः आवश्कताले आफुलाई लुम्बिनीमा पठाइएको जिकिर गरे ।

शेरचनले नेताको कर्तव्य जनताको समस्या र उनीहरूको दुःखमा साथ दिनु भएको बताए । उनले संघीय व्यवस्था नेपालको हकमा नयाँ भएको बताउँदै तीन तहको व्यवस्था नौलो अभ्यास भएको जिकिर गरे ।

राष्ट्रले प्रकृतिले दिएको सम्पदालाई उपयोग गर्न सकेको छैन । लुम्बिनी प्रदेशमा रहेका प्राकृति सम्पदाको संरक्षण र संवद्र्धन गर्नुपर्ने धारणा राखे । कालीगण्डकी नदीको बहावलाई कम हुन नदिई तल्लो तटीय क्षेत्रका जनतालाई सिंचाईंको प्रबन्ध गर्नसके राम्रो हुने उनले बताए ।

प्रदेश प्रमुख शेरचनले कुनै बेला फलाम तामा निर्यात गर्ने नेपालको खानी बन्द रहेको भन्दै दुःख व्यक्त गरे । उनले नेपालमै रहेको युरोनियमको भण्डारलाई उपयोग गर्न नसकेको बताए । कैयौं सन्धि र अभिसन्धिहरूले विकासमा अवरोध गरेको बताउँदै उनले त्यसलाई राष्ट«को अनुकुल बनाएर सदुपयोग गर्न सक्नु पर्ने धारणा राखे ।

प्रदेशप्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १२ : २७ बजे

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री