२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी



काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ।

आइतबार बिहान करिब ८ः५५ बजे आगलागी भएको सूचना प्राप्त भएपछि दमकल तथा सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणका लागि दुईवटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

आगलागी हुँदा बारमा कोही पनि नरहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। बारका सञ्चालकलाई सम्पर्क गरी घटनाबारे जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

आगलागी हुनुको कारण भने हालसम्म खुल्न सकेको छैन।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ११ : ३८ बजे

शुक्रबारको तुलनामा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ

दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज

‘वी वान्ट क्लाइमेट जस्टिस’

काठमाडौँ, २२ कात्तिकः हाम्रा सेता हिमाल काला पत्थरमा परिणत हुँदैछन्

यु-१९ एसिया कप : युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं । ओमानमा जारी एसिसी यु(१९ एसिया कप पुरुष क्रिकेट

दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली