७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं । जसपा आधिकारिकताको विषयमा निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आयोगले साउन ११ गते जसपाको केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेर आधिकारिकताको निक्र्यौल गरेको थियो । ५१ सदस्यीय कार्यकारिणीमा उपेन्द्र यादवको पक्षमा ३४ जना सदस्यले सनाखत गरेपछि आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको थियो ।

ठाकुरको पक्षमा १६ जना सदस्यले मात्र हस्ताक्षर गरेका थिए । आयोगको सो निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन हुने र यसबाट पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन समाप्त हुने सम्भावना रहेको जिकिर गर्दै ठाकुरले रिट दायर गरेका हुन् ।

‍ठाकुरको तर्फबाट वारेस प्रदीपकुमार पाठकले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश माग्दै भनिएको छ, ‘निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकोले मसमेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु नागाउनु भनी अन्तरिम आदेश जारी गरी पाउँ ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/07/Mahantha-Thakur-writ.pdf”]

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ४४ बजे

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार