३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

प्रदेशसभा सचिवालयबाट लुम्बिनी प्रदेशसभाका ३ जसपा सांसद पुनः पदमुक्त (सूचनासहित)



बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसदलाई प्रदेश सभा सचिवालयले पुनः पदमुक्त गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका छन् ।

पदमुक्त गरिएको सूचनमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८(१) (ख) को निर्देशन (ह्वीप) उल्लँघन गरेको तथा सोही ऐनको दफा ३२ (४) र जसपा नेपालको अन्तरिम बिधान २०७७ को ४९ र ५० (१) बमोजिम प्रदेशसभा सदस्य र पार्टीको सदस्य समेत नरहेको भन्ने जसपा संसदीयदल मार्फत पत्रका आधारमा उनीहरुको पद रिक्त भएको उल्लेख गरिएको छ । राजनीतक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा (२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम हाल प्रदेशसभा संचालनको अवस्थमा नरहेको भन्दै सभामुखको आदेशमा सूचना जारी भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

हाल पद मुक्त गरिएका ३ सांसद सहित ४ जनालाई यस अघि पनि ह्वीप उल्लंघन गरेको अभियोगमा जसपा कार्यकारिणी समितिको निर्णयका आधारमा पदमुक्त गरिएको थियो । तर सर्वोच्च अदालतको रिट निवेदनको किनारा नलाग्दा सम्म बहाल रहने अन्तरिम आदेशबाट उनीहरुको पद थमौती भएको थियो । थमौती भएका मध्य एकजनाले आत्माआलोजना गर्दै जसपामा फर्किसकेकी छिन् । सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ४३ बजे

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि

संसद् आजैदेखि खुल्छ : गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख