१० जेष्ठ २०८२, शनिबार | May 24, 2025

अध्यक्ष केपी ओलीको राजीनामा – एमाले नेतृ झाँक्रीको पार्टी एकताको शर्त



काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष नछाडे सम्म एकताबद्ध एमाले बन्न नसक्ने बताएकी छिन् ।

शनिबार अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै एमाले नेतृ झाँक्रीले अध्यक्ष ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी हुन् ।

नेतृ झाँक्रीले कुममा कुम जोडेकै भरमा एकताबद्ध पार्टी बन्न नसक्ने जिकिर गर्दै मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पु¥याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने बताईन् । ‘मुलुकको राजनीतिलाई यो स्थितिमा पु¥याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन् ।

उनले आफू पार्टी एकता विरोधी नभएको स्पष्ट पार्दै कम्युनिस्ट आन्दोलनको विर्सजन कसले गर्यो ? पुस ५ र जेठ ७ को प्रतिनिधिसभा विघटनाको घटना प्रतिगमन कि जनादेश ? भन्ने बिषयमा सबै प्रष्ट हुनुपर्ने बताईन् ।

एमाले भित्र रहेको दुई खाले बुझाईका बारेमा प्रश्न गर्दै उनले भनिन् -‘एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ ?’

पार्टीलाई विसर्जनकाे अवस्थामा पुर्याउने प्रतिगमनका मतियारहरुले आत्माआलाेचना नगर्दासम्म एकताकाे अर्थ नहुने नेतृ झाँक्रीकाे भनाई छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ४५ बजे

रमेश लेखकलाई गृहमन्त्रीबाट राजीनामा दिन शेखर कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन,

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी