१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कर्णालीमा डुंगा दुर्घटना, तीन जना वेपत्ता



सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटजा हुँदा तीन जना बेपत्ता भएका छन्।

आइतबार मध्यान्न १२ बजे कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गर्दा डुंगामा सवार रहेका तीन व्यक्ति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डुंगामा रहेका १० जनामध्ये तीन जना नदीमा वेपत्ता भएको हुन् ।

वेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० महिने छोरा रहेका छन् ।

यस्तै दुई जना घाइते भएका छन् भने अन्य पाँच जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ । कर्णको अवस्था सामान्य छ ।

बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा उनीहरु डुंगामा चढेका थिए ।

उद्दारका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत र इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : ४१ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज