२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

कर्णाली डुंगा दुर्घटना अपडेट : एक जनाको मृत्यु, तीन जना वेपत्ता



फाइल तस्विर

सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटजा हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन्।

आइतबार मध्यान्न १२ बजे कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गर्दा डुंगामा सवार तीन जना वेपत्ता भएका थिए ।

दुर्घटनामा घाइते मध्ये २२ वर्षीया धनसरी सलामीको मृत्यु भएको हो । प्रहरीका अनुसार डुंगामा रहेका १० जनामध्ये तीन जना नदीमा वेपत्ता भएका थिए भने दुई जना घाइते भएका थिए । अन्य पाँच जनाको सकुशल उद्दार गरिएको छ ।

वेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० महिने छोरा रहेका छन् ।

बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा उनीहरु डुंगामा चढेका थिए ।

उद्दारका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत र इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

 

 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ३ : ४५ बजे

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले