२ पुस २०८२, बुधबार | December 18, 2025

कर्णाली डुंगा दुर्घटना अपडेट : एक जनाको मृत्यु, तीन जना वेपत्ता



फाइल तस्विर

सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटजा हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन्।

आइतबार मध्यान्न १२ बजे कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गर्दा डुंगामा सवार तीन जना वेपत्ता भएका थिए ।

दुर्घटनामा घाइते मध्ये २२ वर्षीया धनसरी सलामीको मृत्यु भएको हो । प्रहरीका अनुसार डुंगामा रहेका १० जनामध्ये तीन जना नदीमा वेपत्ता भएका थिए भने दुई जना घाइते भएका थिए । अन्य पाँच जनाको सकुशल उद्दार गरिएको छ ।

वेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० महिने छोरा रहेका छन् ।

बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा उनीहरु डुंगामा चढेका थिए ।

उद्दारका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत र इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

 

 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ३ : ४५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल