७ आश्विन २०८३, बुधबार | September 23, 2026

महन्थ ठाकुर र चार पूर्वमाओवादी नेताहरुको छुट्टाछुट्टै रिट न्यायाधीस ईश्वर खतिवडाको इजलासमा



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका महन्थ ठाकुरको मुद्दामाथि न्यायाधीस ईश्वर खतिवडाको इजलासमा आज सुनुवाइ हुँदैछ ।

यसैगरी सांसद पदमा पुनर्वहाली पाउँ भन्दै चार जना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटमाथि पनि आजै खतिवडाकै इजलासमा सुनुवाइ हुनेभएको छ ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेपछि आफुलाई अपुरणीय क्षति पुगेको भन्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । आयोगले आफ्नो दर्ता अभिलेखमा रहेको जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेपछि यादव पक्षलाई आधिकारिकता प्रदान गरेको थियो । तर, ठाकुरले भने आफु जसपाको अधिकार प्राप्त प्रथम अध्यक्ष भएको दाबी गर्दै आफुले हेरफेर गरेको कार्यकारिणी समितिलाई निर्वाचन आयोगले मान्यता नदिएर अन्याय गरेको जिकिर गरेका छन् ।

न्यायाधीस खतिवडाकै इजलासमा माओवादी पार्टी परित्याग गरी एमालेको स्थायी कमिटी सदस्य बनेको टोबबहादुर रायमाझी र लेखराज भट्ट एवं केन्द्रीय सदस्य प्रभु साह र गौरी शंकर चौधरीले प्रतिनिधिसभाको सांसद पद कायमै राख्न माग गर्दै रिट दायर गरेका थिए । तर गत बिहीबार न्यायाधीस दीपककुमार कार्कीको इजलासमा परेको उनीहरुको रिट हेर्न नभ्याइने सूचीमा परेको थियो । शुक्रबार पुनः सो रिट न्यायाधीस आनन्दमोहन भट्टराईको इजललासमा परेको थियो । तर, रिट निवेदकले शुक्रबारको सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

चारै जना एमाले नेताहरुले आफुहरुले माओवादी पार्टी दल त्याग नगरेको, निर्वाचन आयोगमा आफुहरु माओवादी केन्द्रकै सदस्य रहेको दाबी गर्दै गैरकानूनी ढंगले गरिएको कारवाही फिर्ता गरेर सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश मागेका छन् । यद्यपी, केही दिन पहिला चारै जना नेताले निर्वाचन आयोगमा माओवादी केन्द्र अवैध रहेको भन्दै पार्टी नै खारेजीको माग गर्दै निवेदन दिएका थिए । आयोगले उनीहरुको माग अनुसार निर्णय दिन अस्वीकार गरेपछि उनीहरु माओवादी केन्द्रले गरेको कारवाही गैरकानूनी दाबी गर्दै सर्वोच्चमा पुगेका हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ११ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई