२० असार २०८३, शनिबार | July 4, 2026

प्रदेश सरकार सम्बन्धमा छिट्टै संविधान बमोजिम कदम चाल्ने छु : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानविद र सरोकारवालाहरुसँग छलफल गरेर छिट्टै संवैधानिक कदम चाल्ने बताएका छन् । लुम्बिनी प्रदेशको वर्तमान प्रदेश सरकारका संसदमा अल्पमतमा परिसकेको भन्दै धारा १६८(२) अनुसार बहुमतको सरकार गठन गर्ने प्रस्ताव आह्वानका लागि विपक्षीहरुले पेश गरेको समावेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले संविधान अनुसार बस्तुस्थितीलाई बुझेर संवैधानिक ब्यक्तिहरुको राय अनुसार छिट्टै संवैधानिक कदम चाल्ने बताएका हुन् ।

प्रदेशसभामा रहेका कुल ८० सदस्य मध्य ४१ जना सांसदहरुको हस्ताक्षर सहित बहुमतको सरकार गठनको प्रक्रिया शुरु गर्न माग गर्न प्रदेश प्रमुख कार्यालय पुगेका विपक्षी साँसदहरुलाई सम्बोधन गर्दै प्रमुख शेरचनले विपक्षीले दिएको निवेदनका सम्बन्धमा कानुनी परामर्श लिने जनाउँदै निवेदनमा लेखिएको बिषयमा प्रदेश सरकारको समेत राय लिएर अगाडि बढ्ने बताए । उनले दलहरुसंग समेत छलफल आवश्यक रहने जनाउँर्द उनले चाँडो भन्दा चाँडो निष्कर्ष सहित जानकारी गराईने बताए ।

शंकर पोखरेल नेतृत्वको सरकार गत बैशाख देखि नै अल्पमत रहेको दाबी गर्दै विपक्षीहरुले असंवैधानिक सरकारलाई हटाएर संवैधानिक बाटोबाट बहुमतको सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । प्रदेश प्रमुखलाई समावेदन बुझाउँदै विपक्षीहरुको तर्फबाट काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कनोडियाले असंवैधानिक पोखरेल नेतृत्वको सरकारले ३-४ महिनाको अवधि बिभिन्न जालझेल गरेर गुजारेको बताए । उनले धारा १६८ को (२) अनुसारको सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाएर माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष आग्रह गरे ।

समावेदन बुझाउनु अघि कांग्रेस प्रमुख सचेतक फकरुद्दीन खानले समावेदन पत्र पढेर सुनाएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १ : ४६ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी