१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले सांसद पदमुक्त हुँदा कर्णाली प्रदेश सरकार स्वतः बहुमतमा, मुख्यमन्त्री शाही गदगद्



काठमाडौं । कर्णाली प्रदेशसभामा एमाले सांसदको पद खारेज भएसँगै माओवादी नेतृत्वको सरकार स्वतः बहुमतमा पुगेको छ ।

सर्वोच्चले एमालेका सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको निर्णयलाई अन्तरिम आदेशबाट मान्यता दिएपछि प्रदेश सरकार स्वतः बहुमतमा आएको हो । सर्वोच्चले सोमबार एमालेका चार जना सांसदलाई पदमुक्त गर्ने फैसला गरेको छ ।

फैसलासँगै प्रदेशसभा ३५ सदस्यीय बन्न पुग्दा १८ जना सांसदको समर्थनसहित सरकार स्वतः बहुमतमा पुगेको हो । जसमध्ये मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारको पक्षमा १८ जना सांसदहरु रहेका छन् । कर्णाली सरकारमा माओवादी र कांग्रेसले सत्ता गठबन्धन बनाएका छन् ।

४० सदस्यीय प्रदेशसभामा माओवादीका सांसद धर्मराज रेग्मीले दल त्याग गरेपछि उनको पद खारेज भएको थिए । त्यसपछि ३९ सदस्यीय बनेको प्रदेशसभामा गत वैशाख ३ गते एमालेका चार जना सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसलगत्तै एमालेले ती सांसदहरुलाई स्पष्टीकरण सोध्दै सांसद पद खारेज गराएको थियो ।

मुख्यमन्त्री शाहीले फ्लोर क्रस गर्नेमध्ये ३ जना सांसदलाई मन्त्री बनाएका थिए । तर, सर्वोच्च अदालतले यसअघि उनीहरुलाई पुनर्वहाली गरेसँगै प्रदेशसभामा एमालेले उनीहरु मन्त्रीबाट राजीनामा दिनुपर्ने माग गर्दै निरन्तर प्रदेशसभा अवरुद्ध बनाउँदै आएको थियो । सोही कारण सरकारले बजेट पारित गर्न नसक्दा अध्यादेशको सहारा लिनुपरेको थियो । अब मुख्यमन्त्री शाही र सत्तापक्षलाई हाइसञ्चो भएको छ ।

प्रदेशसभामा अब एमालेका सभामुखसहित १६ सांसद सीमित भएका छन् । राप्रपाका एक सांसद रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ४९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्