१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एमाले सांसद पदमुक्त हुँदा कर्णाली प्रदेश सरकार स्वतः बहुमतमा, मुख्यमन्त्री शाही गदगद्



काठमाडौं । कर्णाली प्रदेशसभामा एमाले सांसदको पद खारेज भएसँगै माओवादी नेतृत्वको सरकार स्वतः बहुमतमा पुगेको छ ।

सर्वोच्चले एमालेका सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको निर्णयलाई अन्तरिम आदेशबाट मान्यता दिएपछि प्रदेश सरकार स्वतः बहुमतमा आएको हो । सर्वोच्चले सोमबार एमालेका चार जना सांसदलाई पदमुक्त गर्ने फैसला गरेको छ ।

फैसलासँगै प्रदेशसभा ३५ सदस्यीय बन्न पुग्दा १८ जना सांसदको समर्थनसहित सरकार स्वतः बहुमतमा पुगेको हो । जसमध्ये मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारको पक्षमा १८ जना सांसदहरु रहेका छन् । कर्णाली सरकारमा माओवादी र कांग्रेसले सत्ता गठबन्धन बनाएका छन् ।

४० सदस्यीय प्रदेशसभामा माओवादीका सांसद धर्मराज रेग्मीले दल त्याग गरेपछि उनको पद खारेज भएको थिए । त्यसपछि ३९ सदस्यीय बनेको प्रदेशसभामा गत वैशाख ३ गते एमालेका चार जना सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसलगत्तै एमालेले ती सांसदहरुलाई स्पष्टीकरण सोध्दै सांसद पद खारेज गराएको थियो ।

मुख्यमन्त्री शाहीले फ्लोर क्रस गर्नेमध्ये ३ जना सांसदलाई मन्त्री बनाएका थिए । तर, सर्वोच्च अदालतले यसअघि उनीहरुलाई पुनर्वहाली गरेसँगै प्रदेशसभामा एमालेले उनीहरु मन्त्रीबाट राजीनामा दिनुपर्ने माग गर्दै निरन्तर प्रदेशसभा अवरुद्ध बनाउँदै आएको थियो । सोही कारण सरकारले बजेट पारित गर्न नसक्दा अध्यादेशको सहारा लिनुपरेको थियो । अब मुख्यमन्त्री शाही र सत्तापक्षलाई हाइसञ्चो भएको छ ।

प्रदेशसभामा अब एमालेका सभामुखसहित १६ सांसद सीमित भएका छन् । राप्रपाका एक सांसद रहेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ६ : ४९ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना