१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

लाखौंको चामल कुहाउने कर्मचारीलाई बचाउन खेलै खेल



काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन अनेक प्रयास गरिरहेको पाइएको छ ।

कर्मचारीको चरम लापर्बाहीका कारण कम्पनीको थापाथली कार्यालयको गोदाम नम्बर २४ मा ३ सय २३ क्विन्टल बढी र ३० नम्बर गोदाममा १ सय ६४ क्विन्टल बढीको ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको छ । ती कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनीका कर्मचारीले अनेक प्रयास गर्दै आएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार गोदाममा कुहिएको लाखौं रुपैयाँबराबरको बास्मती चामल नष्ट गर्नुपर्दा चामल कुहाउने कर्मचारीले भर्पाइ गर्नुपर्ने भएकाले कर्मचारीलाई बचाउन कम्पनीले अनेक प्रयास गरिरहेको हो ।

स्रोतका अनुसार कम्पनी कुहिएको सो बास्मती चामल ‘रि पोलिसिङ’ गरी राम्रो चामलमा मिसाएर काठमाडौंबाहिर पठाउने खेलमा लागेको जनाएको छ । कुहिएको चामललाई खानयोग्य छ भनी दाबी गर्न मनपरी चामलको नमुना लिएर परीक्षण गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यको गोदाममा कुहिएको बास्मती चामल नमुना परीक्षण गरी यसअघि नै नष्ट निर्देशन दिइसकेको छ । विभागको निर्देशनलाई अटेर गर्दै लापर्बाही गर्न कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनी अनेक तिगडम गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

कम्पनीले चामलको पोलिसिङ’ गरी बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा परीक्षण गरेर ल्याएको हो । खाद्य प्रविधि विभागले सो चामल विभागको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालामा १० वटा नमुना परीक्षण खानयोग्य नभएको पुष्टि गरिसकेको थियो । ३ मंसिर २०७६ मा राजधानी दैनिकमा ‘खाद्यका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममै कुहियो लाखौं मूल्यको चामल’ शीर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि छानबिन गरिरहेको थियो ।

अख्तियारले चामल छानबिन क्रममा विभागमा १० पुस २०७६ मा १० वटा नमुना जाँच परीक्षण गरेको थियो । छानबिनका लागि अख्तियारले विभागलाई परीक्षणका लागि दिएको १० वटा नै नमुना जाँच परीक्षण गर्दा सबै नमुना फेल भएका थिए । विभागले २८ माघ २०७६ मै गोदाममा रहेको ४ सय ८७ क्विन्टल २२ किलो चामल नष्ट गरी व्यवस्थापन गर्न निर्देशन दिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बोधार्थ दिई परिपत्र गरिसकेको थियो ।

अहिले करिब दुई वर्षपछि फेरि खाद्य व्यापार कम्पनी कर्मचारीलाई बचाउन नष्ट गर्न भनेको गोदाममा कुहिएको चामलको पोलिसिङ’ गरी बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा नमुना लिई परीक्षण गर्ने काम गरेको हो ।

कार्यालयको निर्देशनअनुसार सो नमुना बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा परीक्षण गरेर ल्याएको खाद्य कम्पनीका फुड प्राविधिक विशेष कट्टेलले जानकारी दिए ।

प्राविधिक कट्टेलले आप्mनो मनले नभएर कार्यालयको निर्देशनअनुसार चामल नमुना परीक्षण गर्न भनेपछि परीक्षण गरेको बताए ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले अख्तियारको निर्देशनअनुसार कम्पनीको गोदाममा कुहिएको बास्मती चामलको व्यवस्थापन गर्न ‘पोलिसिङ’ गरेको जानकारी दिइन् । उनले चामल ‘पोलिसिङ’ गरेको भए पनि केका लागि प्रयोग गर्ने भन्ने निर्णय भइनकेको बताइन् ।

उनले कम्पनीले चामल व्यवस्थापनका लागि ‘रि पोलिसिङ’ परे पनि कम्पनीले आप्mनो मनपरी एक्लै बजारमा बिक्री वितरणमा गर्ने कुनै उद्देश्य नरहेको दाबी गरिन् । सम्बन्धित निकायको निर्देशनबिना कम्पनीले सो चामल बजारमा बिक्रीका लागि नपठाउने बताइन् । सम्बन्धित निकायको छलफल निर्देशन र निर्णयअनुसार चामलको व्यवस्थापन गर्ने सूचना अधिकारी न्यौपानेको भनाइ छ ।

विभागले कम्पनीलाई सो चामललाई नष्ट गर्न निर्देशनसमेत दिएको विभागको प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । प्रवक्ता महर्जनले विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कम्पनी स्वयंको रोहवरमा सिल गरेको चामलको गोदामबाट मनपरी नमुना लिएर परीक्षण गरेको रिपोर्टले कुनै मान्यता नपाउने बताए । उनले कम्पनीले जेजस्तो गरे पनि गोदाममा भएको जति परिमाणको चामल छ सबै नष्ट व्यवस्थापन गरी विभागलाई जानकारी गराउनुपर्ने बताए ।

कम्पनीका अनुसार आव २०७२÷७३ को जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टल चामलमध्ये ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहिएको छ । कम्पनीको धान किन्दा र कुटाउँदासम्मको लागत खर्च प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो । सो चामल काठमाडौं आइपुग्दा प्रतिकिलो ३ रुपैयाँले ढुवानी भाडा जोड्दा ७१ रुपैयाँ प्रतिकिलो पर्न जान्छ । कम्पनीले निजी व्यापारीजस्तै उपभोक्ताबाट बढी नाफा असुल्न चामलको प्रतिकिलो १ सय ३० रुपैयाँ मूल्य निर्धारण गरेको स्रोतको दाबी छ ।

यदि, कम्पनीले थोरै मुनाफा राखेर बिक्री गरेको भए यति ठूलो परिमाणको चामल गोदाममै कुहिने अवस्था नआउने स्रोतको भनाइ छ । कम्पनीले २०७२/७३ मा बिक्री गरेको प्रतिकिलो १ सय ३० रुपैयाँका दरले हिसाब गर्ने हो भने हाल थापाथली गोदाममा ६३ लाख ३३ हजार ८ सय ६० मूल्यको चामल कुहिएको स्रोतको भनाइ छ ।

थापाथलीस्थित गोदाम नम्बर २४ मा ३ सय २३ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४ क्विन्टलभन्दा बढी बास्मती चामल कुहिएको पाइएको छ । कम्पनीले सो बास्मती चामल २०७६ मा प्रतिकिलो ८३ रुपैयाँका दरले बिक्री गर्ने गरेको थियो । प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँको चामल गोदामै कुहिएको अवस्थामा छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ३६ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले