२ बैशाख २०८३, बुधबार | April 15, 2026

हितेन्द्रदेव शाक्यको चेतावनी – अयोग्यको आरोपमा हटाउन खोजे अदालत जान्छु



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उपयुक्त विकल्प दिए अन्त कुनै पनि ठाउँमा जान सक्ने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले आफसँग राजीनामा नमागिएको तर अन्यत्र गएर काम गर्न भनिएको स्पष्ट पारेका छन् ।

शाक्यले प्राधिकरणबाट अयोग्य भनेर निकाल्न खोजियो भने अदालतको सहारा लिने चेतावनी पनि दिएका छन् । दण्डित गरेर नभै आवश्यकता देखाएर अन्यत्र लैजानुपर्ने पनि उनले शर्त राखेका छन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जामन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणको कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई ल्याउने प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।

तर शाक्यले पत्रकार सम्मेलनमा भने, ‘मसँग कुनै राजीनामा मागिएको छैन, बरू अन्यत्र जानु भन्नेछ। मलाई सरकारले जे जिम्मेवारी दिन्छ एउटा कर्मचारीको हिसावले लिन तयार छु।’

शाक्यले आफ्नो कार्यकालमा प्रसारण लाइन जोड्न कामलाई तिब्रता दिएको बताए । उनले सोचेजति विद्युत चुहावट रोक्न भने नसकिएको स्वीकार गरे ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ४ : ०३ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले