१ पुस २०८२, मंगलबार | December 16, 2025

बाढीले मेलम्चीका थप १८ घरपरिवार विस्थापित



सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ का थप १८ घरपरिवार विस्थापित भएका छन् ।

यसअघि गएको असार १ गते आएको बाढीका कारण त्यही ठाउँका सात परिवार विस्थापित भएका थिए । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिए ।

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले बताए ।

विस्थापितलाई तत्काल बास तथा खाद्यान्न अभाव नहोस् भनेर नगर उपप्रमुख भगवती नेपालले खाद्यान्न तथा टेन्ट वडा नं ६ को कार्यालयमा पुर्याइएको जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ८ : ०० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज