२२ माघ २०८२, बिहिबार | February 5, 2026

कोरोना कहरः सबै परीक्षा स्थगन गर्न सिफारिस



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ ।

कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० लाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

मुख्यतः निकट भविष्यमा कक्षा १२ सहित स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षा सञ्चालन गर्ने तयारी थियो । कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले जोखिमको अवस्थामा परीक्षा सञ्चालन गर्न नसकिने बताए ।

उनले कोभिड-१९ संक्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील भएर सो निर्णय गरिएको बताए । स्वास्थ्य मन्त्रालयले पटकपटक जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन नभएको भन्दै प्रश्न उठाउने गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले कोरोना जोखिम न्यूनीकरणका लागि भौतिक दूरी कायम गर्दै मास्कको समुचित प्रयोग अनिवार्य भएको बताए ।

बिहीबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि कक्षा १२ को परीक्षा सञ्चालन सन्दर्भमा गम्भीर हुन सरकारलाई निर्देशन दिएको थियो । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सुरु हुने तालिका सार्वजनिक भइसकेको छ । यस्तै, स्नातक तहका विद्यार्थीहरू पनि परीक्षाको पर्खाइमा छन् ।

परीक्षा स्थगितको निर्णय राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्नेहुन्छ । बोर्डको बैठक आज शनिबार बोलाइएको छ । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा कम्तीमा २५ जना मात्रै विद्यार्थी राख्नेगरी परीक्षा सञ्चालनको तयारी थालेको थियो ।

परीक्षा आन्तरिक मूल्यांकनकै आधारमा हुने वा भौतिक उपस्थितिसहित सञ्चालन हुने भन्ने निक्र्योल नहुँदा विद्यार्थी मारमा परेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ६ : ५१ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद