५ श्रावण २०८३, मंगलबार | July 22, 2026

‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरले चुमे



काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् ।

शनिबार राति भएको ग्राण्ड फिनालेमा सर्वाधिक भोट प्राप्त गरेर किरण ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को च्याम्पियन घोषित भएका हुन् ।

कोच प्रमोद खरेलको टिमबाट अन्तिम चारमा पुगेका किरणले टिम दीप श्रेष्ठबाट दार्जलिङका आर्यन तामाङ, टिम राजु लामाबाट तारा श्रीष मगर र टिम तृष्णा गुरुङबाट अन्तिम चारमा पुगेकी ज्वाला राईलाई पछि पार्दै उपाधिमा कब्जा जमाएका हुन् ।

किरण अमेरिकामा बस्छन् । अमेरिकामा बस्दै आए पनि प्रतियोगिताका लागि नेपालमा आएका किरणले सिक्किमका रवि गहतराजलाई पछि पारेर उपाधिको अन्तिम होडमा पुगेका थिए ।

प्रतियोगिताको विजेताले नगद पुरस्कारका साथै वर्ल्ड टूरको पनि मौका पाउनेछ । यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ६ : ४९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं