१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरले चुमे



काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् ।

शनिबार राति भएको ग्राण्ड फिनालेमा सर्वाधिक भोट प्राप्त गरेर किरण ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को च्याम्पियन घोषित भएका हुन् ।

कोच प्रमोद खरेलको टिमबाट अन्तिम चारमा पुगेका किरणले टिम दीप श्रेष्ठबाट दार्जलिङका आर्यन तामाङ, टिम राजु लामाबाट तारा श्रीष मगर र टिम तृष्णा गुरुङबाट अन्तिम चारमा पुगेकी ज्वाला राईलाई पछि पार्दै उपाधिमा कब्जा जमाएका हुन् ।

किरण अमेरिकामा बस्छन् । अमेरिकामा बस्दै आए पनि प्रतियोगिताका लागि नेपालमा आएका किरणले सिक्किमका रवि गहतराजलाई पछि पारेर उपाधिको अन्तिम होडमा पुगेका थिए ।

प्रतियोगिताको विजेताले नगद पुरस्कारका साथै वर्ल्ड टूरको पनि मौका पाउनेछ । यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ६ : ४९ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्