७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक, स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्नेलाई कारवाही



काठमाडौं । गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरु उपस्थितिमा कार्यदलका संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रम सार्वजनिक गरेका छन् ।

साझा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने जनाइएको छ । छानविनबाट दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी असोजसम्म एकतिहाई नागरिकलाई र चैत्र मसान्तसम्म सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिवद्धता पनि साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, साझा कार्यक्रममार्फत सरकारले प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम अधिकार सम्पन्न बनाउने नीति लिएको छ । साझा न्यूनतम कार्यक्रम वाचन गर्दै कार्यदलका संयोजक पूर्णबहादुर खड्काले भने, ‘प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम अधिकार सम्पन्न बनाउन आवश्यक कार्य गर्नेछ ।’

कार्यक्रममा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रियहितको सम्वर्द्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालिक राहत पुनःनिर्माण तथा पुनःस्थापना, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषय समेटिएको छ । यस्तै मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता पनि कार्यान्वयमा ल्याइएको छ ।

सत्तारुढ गठबन्धनका सहयात्री दलहरु कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेता सम्मिलित कार्यदलले साझा कार्यक्रम तयार गरेको हो । आजै बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले कार्यक्रमलाई पारित गरेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ५ : २४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई