१ पुस २०८२, मंगलबार | December 16, 2025

देउवातर्फ लक्षित गर्दै पौडेलले भने: सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन सार्ने तयारी गरेको प्रति असन्तुष्टि जनाएका छन ।

पार्टीको विधानले चार वर्ष कार्यकाल तोकिएको भएपनि असाधारण परिस्थिति भनेर एक वर्ष थपिएको र देशको संविधानलाई समातेर छ महिना बढाइएको भन्दै अझैपनि महाधिवेशन नगरेर पार्टीलाई निर्वाचन आयोग सँग भिख माग्ने निरिह अवस्थामा पुर्‍याइएको उनको आरोप छ ।

पार्टी वर्तमान नेतृत्वले चरम लापरबाही गरेको भन्दै उनले लेखेका छन् – सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन – पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु-याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरू के हुन्छ रु यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : ४८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज