१९ आश्विन २०८३, सोमबार | October 5, 2026

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा द्वन्द्व नबढाउने गरी कदम चाल्न आग्रह



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा कुनै प्रकारको द्वन्द्व सिर्जना हुने गतिविधि नगर्न सरकारलाई आग्रह गरेको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मापदण्डलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

नेकपाले कुनै पनि निर्णय वा कदम चाल्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित हुने तथा समाजमा द्वन्द्व बढाउने खालका गतिविधि नगर्न सरकारलाई सचेत गराएको छ। पार्टीले प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा पारदर्शिता, कानुनी आधार र निष्पक्षताको सुनिश्चितता गर्न सरकारसमक्ष आग्रह समेत गरेको छ ।

नेकपाले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनेकोमा बधाई तथा शुभकामना समेत दिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : ५३ बजे

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट टोली

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केही दिनभित्र आइसिसी

पुनःनिर्माण र पुनःस्थापनाका लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

काठमाडौँ । सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित

गुल्जार हुने कागबेनीधाम गुमनाम

मुस्ताङ । चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको