६ श्रावण २०८३, बुधबार | July 22, 2026

पाल्पा प्रहरीबाट बाघ(चितुवा)को छाला सहित २ जना पक्राउ



तानसेन । पाल्पा प्रहरीले बाघ(चितुवा)को छाला सहित २ जनालाई पक्राउ गरेको छ । पाल्पा रिब्दीकोट गाँउपालिका ५ कसुमखालाबाट २ जनालाई बाघ(चितुवा)को छाला सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आज मध्यान्ह २ः३० बजेको समयमा पाल्पा रिब्दीकोट ५ कुसुमखोला देउराली भन्ने स्थानमा बाघ(चितुवा)को छालाको कारोबार भईरहेको भन्न्े सुचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुह र प्रहरी चौकी हार्थोक पाल्पाको सयुक्त टोलीले चेकजाँच गर्दा मुझुङ बतासेबाट तानसेन तर्फ आउदै गरेको लु ३७ प ४४४ नम्बरको मोटरसाइकलमा पाल्पा तर्फ आउँदै गरेका पाल्पा रिब्दीकोट ७ बस्ने बस्ने ४२ वर्षिय बिष्णु बहादुर खत्री र ४० वर्षिय रविल मियाँको साथबाट सो बाघको छाला फेला परेको हो ।

उनीहरु मध्य बिष्णु बहादुर खत्रीले भिरेको कालो झोला भित्र गम्छामा बेरेको अवस्थामा बाघ (चितुवा) को मुख देखी पुच्छर सम्मको लम्बाई ६ फिट ४ ईन्च, छातीको भागको चौडाई २ फिट १ ईन्च भएको छाला फेला परेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर त्वाँतीले जानकारी दिए । पक्राउ परेको २ जना र छाला सहित थप अनसुन्धानको लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाईएको डीएसपी त्वाँतीले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ४७ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न