१ पुस २०८२, मंगलबार | December 17, 2025

लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारको ‘काउण्टडाउन’ शुरु, १ बजे संसदको विशेष अधिवेशन



बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारको ‘काउण्टडाउन’ शुरु भएको छ । प्रदेशसभाका एक तिहाई बढी सदस्यहरुले संसद सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव सम्बन्धमा आजको प्रदेशसभामा छलफल हुने कार्यसूची आएसँगै पोखरेल नेतृत्वको सरकारको ‘काउण्टडाउन’ शुरु भएको हो ।

सत्तारुढ नेकपा एमालेको संसदीयदलको बैठक आज ८ बजेबाट मुख्यमन्त्री निवास बुटवलमा शुरु हुँदैछ भने मुख्यमन्त्री पोखरेलले पहिलो पटक प्रदेश मन्त्रिपरिषदको बैठक पनि उनकै निवासमा बोलाएका छन् । ८ बजेबाट शुरुहुने संसदीयदलको बैठकको निर्णय अनुसार आगामी कदम चालिने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए । उनले संसदीयदलको बैठक लगत्तै मन्त्रिपरिषदको बैठक समेत बोलार्ईको जानकारी दिए ।

एमाले संसदीयदलका प्रमुख सचेतकले पनि संसदीय दलले तय गर्ने कार्यदिशा अनुसार अगाडि बढ्ने निष्कर्षमा पुगिएको बताए । उनले संसदीय दल र मन्त्रिपरिषदको र्बैठक पछि एमालेको आगामी रणनिती पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जानकारी दिए ।

मुख्यमन्त्री निवासमा मन्त्रिपरिषद बैठक बोलाईएका कारण मुख्यमन्त्री राजीनामाको मुडमा पुग्ने अनुमान गरिएको छ ।

उता विपक्षी गठबन्धनका ४१ सांसदहरु भने आजबाट सत्तारोहण हुने विश्वासका साथ लुम्बिनी स्थित रिसोर्टमा बसेका छन् । उनीहरुलाई रिसोर्टबाट सिधै प्रदेशसभा भवनमा आउने व्यवस्था मिलाईएको माओवादी केन्द्रका एक सांसदले बताए ।

प्रदेशसभामा सत्तारुढ एकालेसँग ३८ र विपक्षी गठबन्धनसँग ४१ मत रहेको देखिएको छ । प्रदेशमा कोरोना माहामारी बढ्दै गएको भन्दै लामो समय सत्ताको खेललाई राख्न नहुने कांग्रेस प्रमुख सचेतक फकरुद्दीन खानले बताए । खानका अनुसार प्रदेशसभाको बैठकमा आजै अविश्वासको प्रस्ताव टेवल गर्ने र आजै मतदानबाट छिनोपानो गरिने छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ७ : ५१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष