१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनीको मुख्यमन्त्री कुलप्रसाद केसीलाई बनाउन गठबन्धनले बुझायो ४२ सांसद्को हस्ताक्षर



बुटवल । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेश गरेका छन् ।

बिहीबार सत्ता गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले मुख्यमन्त्रीका लागि केसीलाई ४२ जना सांसदको समर्थन रहेको भन्दै प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

केसीको पक्षमा माओवादी केन्द्रका १९, काँग्रेसका १८, जसपाका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।

प्रदेशसभामा स्पष्ट अल्पमतमा परेका शंकर पोखरेलले बुधबार अविश्वास प्रस्ताव छल्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
त्यसपछि प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न आह्वान गरेका थिए ।

८७ सदस्यीय प्रदेशसभामा हाल ८० प्रदेशसभा सदस्य छन् । बहुुमतको सरकार गठन गर्न ४१ प्रदेशसभा सदस्यको सङ्ख्या आवश्यक हुन्छ । नेकपा (एमाले) भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १२ : १५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान