१५ माघ २०८२, बिहिबार | January 29, 2026

बल्छीमा पर्न थाले दुर्लभ डल्फिन



काठमाडौं । मानिसपछिको सबैभन्दा बढी चेतनशील र चलाख प्राणी मानिएको डल्फिन मानिसबाटै बढी जोखिममा पर्न थालेको छ । मानिसले थापेको बल्छी र जालमा फसेर डल्फिन मर्न थालेपछि नेपालमा यसको अस्तित्व झन् सङ्कटमा परेको छ ।

नेपालमा कोसी, नारायणी तथा कर्णाली र यसका सहायक नदीमा डल्फिन पाइने गरेको छ । कोसी तथा नारायणीमा सहजै देख्न नसकिने भए पनि कर्णालीका सहायक नदीहरूमा बर्खाका बेला डल्फिन सहजै देख्न सकिन्छ । पहिलो पटक २०५८ सालमा कर्णाली नदी र यसका सहायक नदीमा डल्फिन पाइने कुरा प्रमाणित गरिएको थियो । डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले हाल बर्खाका बेला यी नदीमा १२० वटासम्म डल्फिन देख्न सकिने बताए ।

डाइनोसरको युगदेखि हालसम्म पृथ्वीमा अस्तित्वमा रहेको यो जीवलाई नेपाल सरकारले संरक्षित प्राणी घोषणा गरेको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन ९साइटिस०ले यसको व्यापार कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले अति सङ्कटापन्न जीवका रूपमा सूचीकृत गरेको छ ।

बर्खामा डल्फिनले बच्चा हुर्काउने गर्छ । यो बेला कर्णाली नदीमा ठूलो बाढी आउने भएकाले बच्चा हुर्काउन वयस्क डल्फिनहरू मोहना, पथरैया, कान्द्रा नदीमा विचरण गर्ने तथा आहार खोज्ने गर्छन् ।

यही बेला स्थानीय तहबाट मोहना, पथरैया तथा कान्द्रा नदीलाई माछा मार्नका लागि ठेक्कामा लगाउने गरिँदा ठेकेदारको लापरबाहीले डल्फिन जाल तथा बल्छीमा परेर मर्ने गरेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ३९ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण