७ आश्विन २०८३, बुधबार | September 23, 2026

डल्फिन क्षेत्रमा स्तम्भ निर्माण गरिने



कैलाली । कैलालीको भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको छ ।

करिब दुई दशक अगाडिदेखि डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण कार्य शुरु गरिएको सो टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको हो ।

डल्फिन संरक्षणको इतिहासलाई सधैंँभरि जीवन्त राख्न डल्फिनको प्रतिमासहितको स्तम्भ निर्माण गर्ने कार्यमा डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल र स्थानीय संरक्षणकर्मी जुटेका हुन् ।

संरक्षणको शङ्खफुक भएको स्थान ओझेलमा पर्दै गएको भन्दै डल्फिनको प्रतिमासहितको स्तम्भ निर्माण गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए ।

भजनी नगरपालिका–३, वडा नं ८ र टीकापुर नगरपालिका–७ को पथरैया र काँढा नदीको सङ्गम स्थान भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिन स्तम्भ निर्माण गरिने संरक्षण नेपालका महसचिव जयप्रसाद ढुङ्गानाले बताए ।

पर्यटकीय हिसाबले डल्फिन क्षेत्रको प्रचारप्रसार भए पनि संरक्षणको उद्गम गाउँ ओझेलमा परेको महसुस गरिएको भन्दै महासचिव ढङ्गानाले सो क्षेत्रलाई प्रमुख पहिचानको रुपमा चिनाउने उद्देश्यले स्तम्भ निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।

“डल्फिन स्तम्भ निर्माण गर्ने निर्णय गरिएपनि स्रोतसाधन आर्थिक अवस्था अभावका कारण समस्या हुने देखिएको छ”, उनले भने, “यसको लागि सरकारी, गैह्रसरकारी सङ्घ संस्थसँग समन्वय गरिने र नभए जनस्तरबाटै भए पनि स्तम्भ निर्माण गरिने छ ।”

डल्फिन स्तम्भ निर्माणका लागि स्थानीय संरक्षणकर्मी नेत्र देउवाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । दुई दशक पहिलेदेखि डल्फिनको संरक्षण र सम्बद्र्धनको अभियानमा जुटेका भोजराज श्रेष्ठ (गुलेलीबाजे) ले त्यस क्षेत्रको नेतृत्व र अगुवाइमा सयौं संरक्षणकर्मीको सहभागिता संरक्षणको अभियान सुरु गरिएको थियो ।

डल्फिन क्षेत्रको संरक्षण र सम्बद्र्धनमा टीकापुर नगरपालिकाले बढी चासो दिएको छ । राष्ट्रिय गौरबको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले टीकापुर सर्किटमा डल्फिनमैत्री तटबन्धको काम समेत गरिसकेको छ भने डल्फिन क्षेत्रको अनुगमन तथा भ्रमणका लागि आउने पर्यटक पनि टीकापुर सर्किटबाट बढी आउने गरेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ५ : १८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज