१४ चैत्र २०८२, शनिबार | March 29, 2026

कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार हुने र शेयर कारोबारमा सकारात्मक प्रभाव पार्ने भएकाले उत्साहित भएका हुन् ।

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल कुलमानको आगमनले आम लगानीकर्ता उत्साही भएको बताउँछन् । उनको पुनरआगमनले तत्कालै बजार नतताए पनि दिर्घकालीन रुपमा जलस्रोत कम्पनीको कारोबार राम्रो हुनसक्ने अर्यालको अपेक्षा छ ।

‘जलस्रोत कम्पनीको शेयर मुल्य अहिले नै प्रत्यक्ष नबढे पनि यो क्षेत्रमा लगानीकर्ताको आकर्षण भैरहेको छ र आगामी दिनमा पनि हुने संकेत देखिएको छ,’ उनले भने, ‘यसको शेयर मुल्य आधारभुत हिसावले बढ्नुमा उहाँ आए पनि नआए पनि फरक पर्दैन । तर उहाँले पहिला ऊर्जा क्षेत्रमा दिनुभएको योगदान र अहिले गर्नसक्ने क्षमतालाई आंकलन गरेर बजारमा यसलाई सकारात्मक रुपमा लिएकाले आम लगानीकर्ता खुसी भएका हुन् ।’

विद्युत क्षेत्रलाई राम्रोसँग बुझेको र आम नागरिकको नजरमा बसिसकेकाले पूँजी बजारमा पनि उनको आगमनले सकारात्मक प्रभाव पन नेपाल ईन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल बताउँछन् । कुलमानको आगमनले जलस्रोत लगानीकर्ताहरुलाई थप ऊर्जा थपेको छ । तर पूँजी बजार बढ्नमा सबै उनको मात्रै योगदान नभएको लगानीकर्ताको बुझाइ छ । किनभने यसअघिको कार्यकालमा नेपालको उत्पादित विद्युत भारतमा विक्री गर्ने अवधारणा घिसिङले ल्याएका थिए ।

त्यतिबेला विहार वोर्डसँग सम्झौता पनि गरिएको थियो । यसले गर्दा कतिपय खेर जानसक्ने सम्भावना भएका ऊर्जाहरु भारतमा सप्लाई गर्न सफल हुने लगानीकर्ताले आशा गरेका छन् । जसले गर्दा पूँजीबजारमा पनि यस क्षेत्रको कारोबार राम्रो हुने अपेक्षा गरिएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ममता थापाले लेखेकी छन ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : ३५ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको