१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने उर्जामन्त्री घिसिङको पहिलो निर्णय



काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् ।

शितलनिवासमा पदतथा गोपनीयताको शपथ लिएर जेजनी आन्दोलनका मृतकका परिवार र घाइते भेटेपछि उर्जामन्त्रालय पुगेका मन्त्री घिसिङले पदभार ग्रहण सम्हालेका हुन् ।

घिसिङले आफ्नो पहिलो निर्णयका रूपमा नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन बक्यौता रकम उठाउने घोषणा गरेका छन् । “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उनले भने, “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो ।” मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने समेत उल्लेख गरे ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि बक्यौता उठाउने विषयलाई कडाइका साथ अघि बढाएका थिए । तर, त्यही मुद्दामा सरकारसँग विवाद भएपछि उनलाई तत्कालिन ओली सरकारले अपमानजनक ढंगले पदमुक्त गरेको थियो। तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई सरकारले गत चैत्रमा पदबाट हटाएको थियो ।

मन्त्री पद सम्हाले लगत्तै उनले पुरानै अडानलाई पहिलो निर्णयमार्फत अगाडि बढाएका हुन् । यो निर्णयमार्फत घिसिङले विद्युत प्राधिकरणको बक्यौता उठाउने प्रक्रियामा सरकार गम्भीर हुने सन्देश दिएका छन् । अहिले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य कार्यरत छन् ।

पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङको भनाइ थियो । उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ३ : ०६ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार