११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

मोटरसाईकलको ठक्करबाट प्रहरी निरिक्षकको मृत्यु भएको सम्बन्धमा गृहमन्त्रालयले बनायो छानविन समिति



नवलपरासी (पश्चिम) । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ । साउन २५ गते नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय अगाडि लु १४ प ८७५८ नम्बरको मोटरसाइकको ठक्करबाट मृत्यु भएका प्रहरी निरिक्षक वाग्लेको मृत्यु सम्बन्धमा छानविन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भएको हो ।

दुर्घटनाका सन्दर्भमा स्थलगत अध्यन गरी सत्यतथ्य छानबिन गर्न गृहमन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको गृहमन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित मार्फन जानकारी दिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरी सदस्य रहेको समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

यही साउन २५ गते नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालयअगाडि लु १४ प ८७५८ नम्बरको मोटरसाइकले ठक्कर दिँदा इलाका प्रहरी कार्यालयमा कार्यरत तनहुँ निवासी प्रहरी निरीक्षक वाग्ले गम्भीर घाइते भएकोमा उनको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो । प्रहरी निरिक्षक काफ्लेकाे मृत्युकाे विषयमा संघीय संसदमा समेत सांसदहरुले प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ०२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान