२८ भदौ २०८३, आइतबार | September 13, 2026

बावुले प्रहार गरेकाे गोली लागेर छोराको मृत्यु



पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको बावुले चलाएको गोली लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोटको तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोलि लागेको थियो । छोरा लम्बतरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नयाव उपरिक्षक रामेश्वर त्वातीले बताए ।

प्रहरीका अनुसार कर्णबहादुरले आफ्नै घरदेखि सय मिटर नजिकै मकै बारीमा आएको स्याललाई हानेको गोली छोरा धनबहादुरलाई लागेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले घटनास्थलबाट एक नाले भरुवा बन्दुक बरामद गरेको छ । गोली हान्ने कर्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ११ : १८ बजे

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको