४ कार्तिक २०८३, बुधबार | October 21, 2026

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ



काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको कारोबारीलाई पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिकास्थित गुरुहनियाँमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीको गोली प्रहारबाट एकजना घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका उकवाल खान रहेको रुपन्देही प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले बताए ।

खैरो हेरोइन कारोबारीको साथबाट १ थान पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरिएको उनले जानकारी दिए । प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरि खानलाई पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार कारोबारी माथि प्रहरीले एक राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका खानको साथबाट २ सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरिएको डीएसपी चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ५८ बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने