१० भदौ २०८३, बुधबार | August 26, 2026

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ



काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको कारोबारीलाई पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिकास्थित गुरुहनियाँमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीको गोली प्रहारबाट एकजना घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका उकवाल खान रहेको रुपन्देही प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले बताए ।

खैरो हेरोइन कारोबारीको साथबाट १ थान पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरिएको उनले जानकारी दिए । प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरि खानलाई पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार कारोबारी माथि प्रहरीले एक राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका खानको साथबाट २ सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरिएको डीएसपी चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ५८ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक