१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एनआरएन महासचिव डा. हेमराज शर्माले उपाध्यक्षमा उम्मेदवारी दिने



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

‘गैरआवासीय नेपाली संघको महासचिव भएपछि आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई संस्था गर्न आवश्यकता महशुस भएकाले आफू चुनावी मैदानमा आउनु परेको’ भौतिकशास्त्री डा. शर्माले बताए ।

‘संस्थाका महासचिवको जिम्मेवारी लिएपछि सबैलाई केही अनुभूति हुने गरी काम गर्ने छु भन्ने प्रतिबद्धतासहित आएको थिएँ त्यसको परिणाम सबैतिर दिन थालेको छ, डा. शर्माले भने, ‘संस्थामा सुरूआत भएका अजेण्डालाई थप निष्कर्षमा पु-याउनु पर्ने जिम्मेवारी पनि आफ्नै हो भन्ने लागेर चुनाबी मैदानमा जाने निर्णय गरेको छु ।’

‘मैले संस्थामा केही परिवर्तन गर्छु भनेर सार्वजनिक गरेका प्रतिबद्धताहरू पूरा हुने अवस्थामा छन् ती एजेण्डाको स्थायित्व र संस्थागत गर्न चुनौती छन् । आगामी कार्यकालमा अहिले सुरूवात गरिएका कामहरूलाई पूर्ण रूपमा संस्था गर्नेमा लाग्नेछु’ शर्माले भने ।

डा. शर्माले महासचिवको बागडोर समालेपछि स्मार्ट एनआरएनए अन्तरर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पन्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्पूर्ण निर्णयहरु विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका छन् ।

कुशल प्रशासक समेत रहेका डा. शर्माले काठमाडौंस्थित संघको सचिवालयलाई चुस्त राख्न र पुर्नरसंरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

डा. शर्माले विश्वव्यापी कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघ समक्ष पुगेर आवाज बुलन्द गर्दै गैरआवासीय नेपाली संघलाई पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायसँग सहकार्यको सुरुवात गरेका थिए ।

डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । १५ भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए ।

डा. शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुन ।

बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडल समेत हासिल गरेका छन् ।

उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।

संघका संस्थापक नेताहरु तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुलेका शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ०० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान