२ पुस २०८२, बुधबार | December 18, 2025

दृष्टिविहिन संस्थाद्धारा दृष्टिविहिनहरुलाई सहयोग



बुटवल । दृष्टिविहिनता भएका युवाहरुको क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको नेत्रहिन युवा संघ नेपाल रुपन्देही शाखाले दुई वटा आश्रममा रहेका दृष्टिविहिनता भएका व्याक्तिहरुलाई स्वाथ्य सामग्री प्रदान गरेको छ ।

शनिवार उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम र बुटवलको जवईमा रहेको रुपन्देही दृष्टिविहिन अपाङ्ग संरक्षण केन्द्रमा आश्रीत विभिन्न प्रकृतिको अपाङ्गता भएका व्याक्तिहरुलाई स्वाथ्य सामग्री प्रदान गरिएको हो ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देही शाखा अध्यक्ष टिकाराम पौडेलको संयोजकत्वमा आश्रममा प्रति व्याक्ति १-१ पोका(५० पिस), माक्स, एक÷एक पोका सेनीटाईजर, प्रति आश्रममा २-२ वटा हैन्ड वास सेनिटाईज प्रदान गरिएको हो । यस्तै आश्रममा रहेका महिला तथा किशोरीहरुको लागि प्रतिक जनालाई २-२ थान सेनिटरी प्याड समेत प्रदान गरिएको छ ।

आश्रममा रहेर विभिन्न आर्जआर्जनको काम गर्नुको साथै सांगीतक समुह समेत निर्माण गरेर जिविका पाजर्नन गर्दै आएका व्याक्तिहरुलाई कोभिड-१९ को जोखिम न्युनीकरणका लागि पुर्व सावधान अपनाउनको लागि स्वाथ्य सामग्री प्रदान गरिएको नेत्रहिन युवा संघ नेपाल रुपन्देही शाखा अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए ।

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका उपाध्यक्ष जिवन पोखरेल, कोषाध्यक्ष कमला पौडेल, श्रवण दृष्टिविहिन परियोजना प्रशिक्षक लक्ष्मी जिसी, पत्रकार कृष्ण खनाल लगायत सरोकारवालाहरुको समुहले आश्रममा नै पुगेर स्वाथ्य सामग्री प्रदान गरेको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ४८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल