२८ बैशाख २०८३, सोमबार | May 11, 2026

दशैँमा दृष्टिविहिनलाई नाना र खाना



बुटवल । दशैँको अवसरमा रुपन्देही नेत्रहिन संघमा आवद्ध रहेका विभिन्न दृष्टिविहिनताभएका व्याक्ति तथा तिनका परिवारको लागि दुईवटा लायन्स क्लवहरुले खाना र कपडा वितरण गरेका छन् ।

शनिबार रुपन्देही नेत्रहिन संघको कार्यालय बुटवल-१२ तामनगरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी खाद्यान्न, लत्ता कपडा वितरणको साथै आर्थिक समेत सहयोग गरेका हुन ।

लायन्स क्लव अफ बुटवल क्रियटिभ र अर्को महिलाहरु मात्रै सदस्य रहेको लायन्स क्लव अफ बुटवल लोटसले छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी आश्रीत दृष्टिविहिनता भएका व्याक्ति तथा तिनका परिवारहरुको लागि खाद्यान्न, तथा नयाँ पोशाक प्रदान गरेका हुन ।
लायन्स क्लव बुटवल बुटवल लोट्सका अध्यक्ष शुसिला आचार्यले दशैँको मुखमा कोही पनि नयाँ लुगा र खानाबाट बञ्चीत हुन नपरोस भन्ने हेतुले सहयोग गरिएको बताईन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिफ एड्भाईजर द्वारिका प्रसाद श्रेष्ठले नयाँ क्लबले अपाङ्गता क्षेत्रमा गरेको कार्यक्रम अनुकरणीय भएको बताए ।

यस्तै रिजन चेयर पर्सन नारायण थापा, जोन चियर पर्सन विनेशमान बाज्राचार्य ले बोल्दै क्लवको सामाजिक काम उत्कृष्ठ रहेको बताएका थिए । कार्यक्रममा रिता खनाल ले ५ हजार, रेवती सापकोटाले ५ हजार र विनिता बज्राचार्यले १५ सय रुपैयाँ सहित क्लवका सदस्यहरुबाट कुल ३० हजार रुपैयाँ बराबरको लत्ता कपडा को साथै आश्रीतहरुलाई भोजन समेत गराईएको थियो । कार्यक्रम सचिव शुसिला ज्ञवालीको सञ्चालन तथा अस्मीता घिमिरेको संयोजकत्वमा भएको थियो ।

यस्तै लायन्स क्लव अफ बुटवल चौतारीको स्पोन्सर क्लव लायन्स क्लव अफ बुटवल क्रियटिभले पनि आश्रममा खाद्यान्न वितरण गरेको छ । क्लवको आयोजनामा करिव १० हजार रुपैयाँ बराबरको चामल, नुन, तेल, दाल, सहित दैनिक उपभोग्य समान प्रदान गरेको हो ।
हुने खानेहरुको मात्रै दशै होईन सबैको साझा दशै हुन आवश्यक छ रहेको भन्दै क्लवले सहयोग गरेको क्लवका अध्यक्ष कपिल ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स रिजन चियर पर्सन माधव खनालले क्लवले आश्रममा आश्रीत विद्यार्थीहरुको लागि एक बर्षको लागि पुर्ण छात्रवृत्तिको साथै सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका थिए । लायन्स बुटवल चौतारी कृष्णप्रसाद पोखरेल, कार्यक्रम संयोजक सन्देश अर्याल लगायतले बोल्दै आश्रमको लागि आफुहरुले निरन्तर सहयोग गर्ने बताएका थिए । कार्यक्रममा रुपन्देही नेत्रहिन संघका अध्यक्ष्इा कृष्ण बहादुर जिसिले संस्थाको गतिविधिको विषयमा प्रकाश पार्दै आगामी योजनाको विषयका प्रकाश पारेका थिए ।

क्लवका सचिव मोतिलाल खनालको सञ्चालन तथा प्रथम उपाध्यक्ष डासीराम मरासीनीको धन्यवाद ज्ञापनमा कार्यक्रम भएको थियो । साथै क्लबले दशैँको बेलामा आश्रममा आश्रितहरुको लागि माछा मासु खरिदको लागि नगद २ हजार समेत सहयोग गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ४९ बजे

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि