२७ भदौ २०८३, शनिबार | September 12, 2026

प्रिमियर लिग : चेल्सी र लिभरपुलको उत्कृष्ट सुरुवात



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले एक एक गोल गरे ।​ स्टामफोर्ड ब्रिजमा खेलको २७ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा चालोबाहले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए । जितसँगै चेल्सीले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।

अर्को खेलमा लेष्टर सिटीले उल्भ्सलाई १-० गोल अन्तरले हरायो । यस्तै गएराति नै भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३-० गोल अन्तरले पराजित गर्यो ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ३३ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा