७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

संघीय संसदको चालु अधिवेशन आजै रातिबाट अन्त्य हुँदै



काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजबाट अन्त्य हुनेभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।

सर्वोच्च अदालतको आदेशपछि गत असार २८ गते पुनर्स्थापना भएको प्रतिनिधिसभाको अधिवेशन साउन ३ गतेबाट सुरु भएको यिो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशन सुरु भएकै दिनमा विश्वासको मत लिएका थिए । तर, अधिवेशनमा पारित गर्नुपर्ने कैयौं विधेयकहरु रहे पनि सरकारले ती विधेयकहरु बैठकमा पेश गर्न चाहेन । जसका कारण सुरुकै दिनदेखि अधिवेशन विजनेशविहीन जस्तै बनेको थियो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २३ गते पुनर्स्थापना भएको प्रतिनिधिसभा बैठकलाई पनि विजनेशबिहीन बनाएर अन्त्य गरिदिएका थिए ।

विशेषगरी विधेयकहरु पेश गर्दा पास हुन सक्ने संख्यामा विश्वस्त हुन नसकेपछि अधिवेशन विजनेशविहीन बनेको हो । राष्ट्रिय सभामा भने केही विधेयकमाथि छलफल भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ३ : ०२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल