१२ श्रावण २०८१, शनिबार | July 27, 2024

संघीय संसद अधिवेशन अन्त्य



काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेकी छिन् ।

संसद अधिवेशन अन्त्यको पत्र संसदका दुवै सदनमा पढेर सुनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका छन् ।

संसद चल्ने कुनै विजनेश नभएपछि सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको परमादेशपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठक साउन ३ गते बसेको थियो । पहिलो दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए ।

केही दिन चलाएर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्त्य गरेको राष्ट्रिय सभाको चालु अधिवेशनको बैठक पनि साउन ३ गतेबाटै सुरु भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ३ : ५४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान