२० असार २०८३, शनिबार | July 4, 2026

संघीय संसद अधिवेशन अन्त्य



काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेकी छिन् ।

संसद अधिवेशन अन्त्यको पत्र संसदका दुवै सदनमा पढेर सुनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका छन् ।

संसद चल्ने कुनै विजनेश नभएपछि सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको परमादेशपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठक साउन ३ गते बसेको थियो । पहिलो दिनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए ।

केही दिन चलाएर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्त्य गरेको राष्ट्रिय सभाको चालु अधिवेशनको बैठक पनि साउन ३ गतेबाटै सुरु भएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ३ : ५४ बजे

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता