१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सुदूरपश्चिममा ‘वल्के पर्व’ धुमधामका साथ मनाइँदै



डोटी । डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज बिहानैदेखि ‘वल्के पर्व’ मनाउन थालिएको छ । यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बोचे भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ ।

साउन मसान्त र भाद्र सङ्क्रान्ति गरी दुई दिन मनाइने यो पर्वको पहिलो दिन हिजो प्रत्येक घरमा मिठोमसिनो खानाका स्थानीय परिकार बनाइएर मनाइएको थियो भने आज दोस्रो दिन पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा आफूभन्दा ठूलाबडालाई तथा छिमेकीलाई बाँडेर प्रदेशका नौवटै जिल्लामा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै गरेको दिपायल पिपल्लाका स्थानीयवासी हर्कबहादुर बोहराले बताए ।

उनले भने, “हाम्रो प्रदेशमा वल्के पर्वको निकै महत्व छ, आजको दिन आफूभन्दा ठूलालाई सगुन दिए धर्म कमाइन्छ भन्ने मान्यताले सबैले आफ्ना घरमा फलेका साग, तरकारी तथा पाकेका मिठोमसिनो खानेकुरा दिने चलन छ ।” रोजगारी तथा काम विशेषले घर तथा जिल्ला बाहिर गएका यहाँका नागरिक पनि वल्के चाड मनाउन अहिले आ-आफ्ना घरमा फर्किएका कारण यहाँका बजार तथा गाउँमा निकै चहलपहल बढेको छ ।

वल्के पर्व यहाँका बजार क्षेत्रभन्दा पनि गाउँघरमा बढी मनाउने चलन रहेको केआइसिंह गाउँपालिका-५ की स्थानीयवासी सानु जोशीले बताइन् । उनले भनिन, “वल्के पर्व गाउँमा बढी मनाइन्छ, यस वर्ष गाउँघरमा कोरोना जोखिमको त्रास कम भएका कारण पनि गाउँमा वल्के पर्वको रौनक तथा चहलपहल बढी छ ।”

आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा यस क्षेत्रमा शताब्दीयौँदेखि रहिआएको दिपायल सिलगढी नगरपालिका-२ का स्थानीयवासी तथा कांग्रेस नेता घनश्याम पाठकले बताए ।

उनका अनुसार वल्के चाडका दिन विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी यहाँका स्थानीय परिकार लाउन (पुरी), बावर (सेल), चामलको पिठोबाट बनेका माणा, निसौसे, गतानी, डुब्कालगायतका स्थानीय खानाका मिठो परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । यसरी छोरी चोलीलाई खुवाएमा पुण्य प्राप्त हुन्छ भन्ने मान्यताले यहाँ आजको दिन सबैले आ–आफ्ना विवाहिता छोरी माइतीमा बोलाउने चलन रहेको छ ।

वल्के चाडमा एक महिना पहिले भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्ग्याइने चलन छ । यसरी रङ्ग्याए शरीरमा रोगव्याधी नलाग्ने भन्ने मान्यता रहेको शिखर नगरपालिका मुढभाराका स्थानीयवासी तथा पण्डित गोविन्दराज जोशीले बताए । उनका अनुसार वर्षातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । रोगको सङ्क्रमणबाट बच्न हातखुट्टा रङ्ग्याइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रूपमा समेत लिइने चलन छ ।

यतिमात्र नभई युवा पुस्ताले पुराना पर्व र संस्कृतिबारे चासो नदिँदा सुदूरपश्चिममा मौलिक संस्कृतिका वल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता नै हराउन थालेकामा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ । पश्चिमा संस्कृतिको बढ्दो प्रभावको फलस्वरुप नेपाली समाजमा वर्षौँदेखि मनाइँदै आएका कतिपय पुराना कला, संस्कृति तथा चाडपर्व विस्तारै हराउन थालेको भन्दै डोटेली संस्कृतिप्रेमी आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाडपर्वको संरक्षणका लागि सरोकारवालाले जाग्नुपर्ने समय आएको डोटेली कलाकार केशवराज फुलाराले बताए । रासस

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ९ : ०६ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको